arrow

'संसद्‌मा खरो रूपमा उत्रिनेछु' 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
shekhar-koirala1.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले धर्म र संस्कृतिको संरक्षणबारे संसद्मा खरो रूपमा उत्रिने बताएका छन् ।

 विराटनगरको एक कार्यक्रममा बोल्दै कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताए । 

उनले भने, 'राष्ट्रका धरोहरको संरक्षण तथा संवर्द्धन गर्नु राज्यको दायित्व हो, धर्म र संस्कृतिको संरक्षणबारे म संसद्मा खरो रूपमा उत्रिनेछु ।'

भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक तथा राष्ट्रका धरोहर भएको बताए । उनले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने विचार राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ