arrow

चीन रुससँग ऊर्जा सहकार्य गर्न तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
china-russia-pipeline-natural-gas.png

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन् ।
 
ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम राख्नको लागि सकारात्मक शक्ति भएको राष्ट्रपति सीले चौथो चीन-रुस ऊर्जा व्यापार मञ्चलाई पठाएको बधाइ पत्रमा उल्लैक गरिएको छ । 

उनले बाह्य जोखिम र चुनौतीहरूको सामना गर्दै दुई देशले सञ्चार र समन्वयलाई सुदृढ बनाएको र ठूला सहयोगी परियोजनाहरूलाई अगाडि बढाएको पनि उल्लेख गरेका छन् । 

राष्ट्रपति सीले यस नयाँ युगमा चीन-रूस बीच ऊर्जा विकासमा सहयोग र समन्वयको व्यापक रणनीतिक साझेदारीको व्यापक सम्भावनाहरूमा पनि जोड दिए ।

राष्ट्रपति सीले स्वच्छ र हरित ऊर्जा विकासमा जोड दिन र अन्तरराष्ट्रिय ऊर्जा सुरक्षा र औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरताको रक्षा गर्न र दीर्घकालीन, स्वस्थ र दिगो विकासमा नयाँ योगदान पुर्याकउन चिनियाँ पक्ष रुससँग हात मिलाउन तयार रहेको पनि बताएका छन् । 

यस्तै मङ्गलबार नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ऊर्जा व्यापार मञ्चलाई बधाइ पत्र पठाएका छन्।



नयाँ