arrow

समानुपातिकतर्फ कुन पार्टीले पाए कति मत ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
samanupatik-pratinidhisabha-final-2079.jpg

काठमाडौं । यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको समानुपातिकतर्फ कूल ९९ लाख ९३ हजार ५६८ मत गणना गरिएको छ ।

हालसम्मको मतगणना अनुसार २६ लाख ९४ हजार १२४ मतका साथ नेकपा एमाले पहिलो स्थानमा रहेको छ ।

बुधबार बिहान ७ बजे सम्ममा एमाले नेपाली कांग्रेस १ लाख ४५ हजार ३४६ मतले अगाडि रहेको छ । 

 कांग्रेसले २५ लाख ४८ हजार ७७८ मतका साथ समानुपातिकतर्फ दोस्रो स्थानमा छ। 

नेकपा (माओवादी केन्द्र)ले ११ लाख ४३ हजार ५०३ मत पाएर तेस्रो स्थानमा छ।

त्यस्तै हाले उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मतका साथ चौथो स्थानमा छ । 

 पाँचौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ , छैठौंमा जनता समाजवादी पार्टीले ३ लाख ८८ हजार ४८२ मत पाएका छन् । 

सातौँ स्थानमा जनमत पार्टीले ३ लाख ४६ हजार ९७० मत पाएको छ । आठौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ८१ हजार ३४८ मत पाएको छ । 

रेशमलाल चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ७०१ मत प्राप्त गरेर नवौँ स्थानमा रहेको छ । 

१ लाख ४७ हजार ९२४ मतका साथ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दशौँ स्थानमा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ