arrow

प्रदीप पौडेलको नौलो प्रयोग, प्रतिस्पर्धी उम्मेदवारहरुबाट लिए सुझाव–सल्लाह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
kathmandu-5-candidates.jpg

काठमाडौं । काठमाडौं ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवं नेपाली कांगेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारहरुसँग छलफल गरेका छन् । 

सो छलफलमा काठमाडौं ५ का उम्मेदवारहरु सुशान्त श्रेष्ठ, भीमबहादुर मगर, रमेश केसी, मधुसुदन पाठक र विनिता अर्यालको उपस्थिति रहेको थियो । 
सहभागी उम्मेदवारहरुले निर्वाचित सांसद पौडेलले निर्वाचन पश्चात्  छलफल कार्यक्रम आयोजना गरेर नयाँ शैलीको थालनी गरेको भन्दै आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्दता व्यक्त गरे । 

छलफल कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद पौडेलले काठमाडौं ५ मा सहभागी भएका सबै उम्मेदवारहरुका सल्लाह र सुझावका आधारमा आफू अघि बढ्ने बताए । 

उनले आगामी दिनमा पनि उम्मेदवारहरुसँग गरिने यस्ता छलफलका कार्यक्रमहरु निरन्तर आयोजना गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । 

सो अवसरमा यस क्षेत्रका स्थानीयको सल्लाह, सुझाव र गुनासाहरु तथा यस क्षेत्रमा रहेका समस्याहरु सम्बोधन गर्न र सांसदसँग जोडिने माध्यमका रुपमा प्रतिस्पर्धी उम्मेदवार सुशान्त श्रेष्ठले बनाएको गुनासो एपलाई सांसद पौडेलको सचिवालयले थप परिमार्जनसहित अगाडि बढाउने विषयमासमेत छलफल भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ