arrow

केही वर्षमै चीनसँग १५ सय आणविक हतियार हुने पेन्टागनको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
pentagon.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकाको रक्षा विभागको मुख्यालय भवन पेन्टागनले सार्वजनिक गरेको एक प्रतिवेदनले चीनले सन् २०३५ सम्ममा १५ सय आणविक हतियार बनाइसक्ने खुलासा गरेको छ ।

अमेरिकालाई विश्वको शीर्ष प्रमुख शक्तिको रूपमा चुनौती दिँदै बेइजिङले आफ्नो आणविक विस्तारलाई तीव्र पार्नमा ध्यान केन्द्रित गरेको छ ।

२०२० मा अमेरिकाले चीनमा कम्तीमा २०० वटा परमाणु वारहेड रहेको र एक दशक भित्र यो सङ्ख्या वा भण्डारण दोब्बर हुने अनुमान गरेको थियो ।

तर, त्यसको २ वर्षपछि मात्रै यहीँ गतिमा चीनले हतियार बनाउन थालेमा २०३५ सम्म लगभग १५ सय हतियार हुनसक्ने मङ्गलवार सार्वजनिक रिपोर्टमा उल्लेख छ ।

'हामीले विगत दुई वर्षमा वास्तवमै जे देख्यौँ, यो द्रुत विस्तार हो,' एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले भनेका छन् ।

विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशले आफ्नो विश्व दृष्टिकोणलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रणाली सिर्जना गर्न आफ्नो बढ्दो सेनालाई आफ्नो उपकरणको रूपमा प्रयोग गरिरहेको प्रतिवेदनमा भनिएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षाको लागि सबैभन्दा परिणामकारी र प्रणालीगत चुनौती चीनले खडा गरिरहेको समेत उक्त प्रतिवेदनमा भनिएको छ । बेइजिङको आणविक त्रिय (समुद्री, जमिन र वायुमा आधारित आणविक प्रक्षेपणका विकल्पहरू)मा भइरहेको लगानी वाशिंगटनका लागि चिन्ताको विषय बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ