arrow

समानुपातिकतर्फ एमाले सबैभन्दा माथि, चौध दलको यति छ मत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
samanupatik-pratinidhisabha-final-2079.jpg

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले सबैभन्दा बढी मतका साथ शीर्ष स्थानमा छ । 

हालसम्म एमालेले २७ लाख ९९४ मत पाएको छ। कांग्रेसले २५ लाख ५९ हजार ८४ मत पाएको छ । नेकपा (माओवादी केन्द्र)ले ११ लाख ४५ हजार ३४५ मत पाएको छ। 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ६४७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७१ हजार १४३ , जनता समाजवादी पार्टीले ३ लाख ९६ हजार ४५१ मत पाएका छन् । 

जनमत पार्टीले ३ लाख ५९ हजार ८८८ मत, नेकपा एकीकृत समाजवादीले २ लाख ८२ हजार ६०६ मत पाएको छ । 

नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ४३१ मत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४८ हजार ७५६ मत ल्याएको छ । 

नेपाल मजदुर किसान पार्टी ७३ हजार ६४३ मत, हाम्रो नेपाली पार्टी ५३ हजार ९७१ मत, मङ्गोल नेशनल अर्गनाइजेशन ४७ हजार ८१२ र राष्ट्रिय जनमोर्चा ४५ हजार ७३९ मत पाएको छ । 

हालसम्म एक १ करोड ४१ हजार १२८ मत गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ