arrow

समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना दबाबमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
messi-argentina-jamaica.jpg

काठमाडौं। कतारमा जारी पुरुष विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत दुई समूह चरणका खेलहरू बुधबार राति र बिहीबार बिहान सम्पन्न हुँदैछन् । समूह 'सी' को एक खेलमा पोल्यान्डको सामना अर्जेन्टिनाले गर्दैछ भने अर्को खेलमा साउदी अरेबिया र मेक्सिको भिड्दै छन् । त्यसैगरी समूह 'डी' को खेलमा अस्ट्रेलिया-डेनमार्क र फ्रान्स-ट्युनिसिया खेल्दै छन् ।

समूह 'डी' मा फ्रान्स दोस्रो चरणमा प्रवेश गरिसकेको छ भने बाँकी तीन टोलीको सम्भावना जीवितै रहेको छ। फ्रान्स २ खेलमा ६ अङ्कका साथ पहिलो स्थानमा रहेको छ भने अस्ट्रेलिया २ खेलमा ३ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ। त्यसैगरी डेनमार्क र ट्युनिसिया दुई खेलमा १-१ अङ्क सहित क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।

समूह 'डी' मा फ्रान्सले आफ्नो दोस्रो चरणको स्थान सुनिश्चित गरेपछि बाँकी रहेको एक स्थानका लागि हुने भिडन्त गज्जब हुने विश्वास गरिएको छ। यदि ट्युनिसियाले फ्रान्सलाई हराउँदा अस्ट्रेलिया र डेनमार्क बीचको खेल बराबरीमा टुङ्गिएमा ट्युनिसिया अघिल्लो चरणमा प्रवेश गर्ने छ।

फ्रान्सले ट्युनिसियालाई पराजित गर्दा वा बराबरी खेल्दा अष्ट्रेलियालाई एक अङ्क भए दोस्रो चरणका लागि स्थान पक्का हुनेछ। डेनमार्क दोस्रो चरणमा पुग्न अस्ट्रेलियालाई पराजित गर्नु पर्नेछ र उता फ्रान्सले जित्नु वा बराबरीमा नतिजा टुङ्ग्याउनु पर्ने छ।

यसैगरी समूह 'सी' का खेलहरू अझ रोमाञ्चक हुनेछन् । अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीको अन्तिम विश्वकप भनिएको प्रतियोगितामा समूह चरणको अन्तिम खेल जित्नै पर्ने दबाबमा अर्जेन्टिना रहेको छ। समूह चरणमा पोल्यान्ड २ खेलमा ४ अङ्कसहित पहिलो स्थानमा रहेको छ भने अर्जेन्टिना र साउदी अरेबिया तीन-तीन अङ्क सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको छ। मेक्सिको १ अङ्कका साथ पुछारमा रहेको छ।

पोल्याण्डलाई दोस्रो चरण पुग्न १ अङ्कको आवश्यकता रहेको छ। उक्त १ अङ्क अर्जेन्टिनालाई आउँदा उता साउदी अरेबियाले जितेमा साउदी अरेबिया दोस्रो चरणमा पुग्नेछ । पोल्यान्ड र अर्जेन्टिना बराबरी हुँदा मेक्सिको र साउदीले पनि अङ्क बाँडेमा पोल्यान्ड र अर्जेन्टिना माथि पुग्छ ।

मेक्सिकोले साउदी अरेबियालाई हराउँदा र पोल्यान्ड-अर्जेन्टिनाको  खेल बराबरीमा टुङ्गिएमा गोल अन्तरका आधारमा बढी गोल हुने माथि उक्लिन्छ । मेक्सिकोलाई १ गोल भन्दा बढीको फरकले जित्नु पर्ने हुन्छ ।

विश्वकपको दाबेदार मानिएको अर्जेन्टिना दबाबमा रहेको छ। अर्जेन्टिना दबाबमा राम्रो नतिजा निकाल्न चिनिएको र मानिएको टोली हो। लियोनल मेस्सीको उपस्थितिले विपक्षीहरूलाई अफठ्यारो पार्ने निश्चित रहेको छ। 

समूह डीका दुई खेलहरू बुधबार राति ०८: ४५ हुनेछन् भने समूह सीका खेलहरू बिहीबार बिहान ००:४५ बजे हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ