arrow

कास्कीमा पाँच प्रतिशत मत बदर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
election-2079 hamra.jpg

पोखरा । कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार ५६८ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक लाख ७८ हजार ८०६ मत खसेकोे थियो ।

त्यसमध्ये सदर मत एक लाख ७० हजार तीन सय ४४ र बदर मत आठ हजार ४६४ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

 यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ तीनवटै निर्वाचन क्षेत्रमा गरी छ हजार ७३८ मत बदर भएको छ ।

जिल्लाको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ छ हजार २० मत बदर भएको छ भने समानुपातिकतर्फ १० हजार ३८५ मत बदर भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ