arrow

रुस र चीनका बमवर्षक लडाकु विमान कोरियाली वायु रक्षा क्षेत्रमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
south-korea-china-russia-japan-military-.jpg

काठमाडौं । दुई चिनियाँ बमवर्षक र छवटा रुसी बमवर्षक लडाकु विमानहरू बुधबार कोरियाली वायु रक्षा क्षेत्रमा प्रवेश गरेपछि आफ्नो लडाुक विमानले उडान भरेको दक्षिण कोरियाली सेनाले जानकारी दिएको छ ।

'हाम्रो सेनाले चिनियाँ र रुसी विमानहरू केएडीआईजेड (कोरिया एयर डिफेन्स आइडेन्टिफिकेशन जोन) मा प्रवेश गर्नु अघि सम्भावित आपतकालीन तयारीका लागि रणनीतिक उपायहरू लागू गर्न वायुसेनाका लडाकु विमानहरूको उडान भरेको छ,' दक्षिण कोरियाका जोएन्ट प्रमुख स्टाफ (जेसीएस) ले भनेकाे छ ।

स्थानीय समय अनुसार बिहान ५ बजेर ५० मिनेटमा दुई चिनियाँ एच-६ बमवर्षकहरू दक्षिण कोरियाको दक्षिणी र उत्तरपूर्वी क्षेत्रहरूको तटबाट केएडीआईजेड प्रवेश गरेको जोएन्ट प्रमुख स्टाफले जनाएको छ ।

त्यसपछि रुसी टीयू-९५ बमवर्षक र एसयू-३५ लडाकु विमान जापान सागरबाट हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको र त्यसको १८ मिनेटपछि वायु रक्षा क्षेत्र छोडेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

टोकियोको रक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै रुसी ड्रोनसहितका दुई चिनियाँ बमवर्षकहरू पूर्वी चीन सागरबाट जापान सागरमा प्रवेश गरेपछि जापानको वायु सेल्फ डिफेन्स फोर्सले आफ्ना लडाकु विमानको उडान भरेको जनाएको छ ।

यद्यपि यसले सियोल वा टोकियोको हवाई क्षेत्रको उल्लङ्घन भने गरेको छैन । केएडीआईजेड जस्तो वायु रक्षा क्षेत्रले विदेशी विमानहरूलाई विशेष रूपमा आफ्नो पहिचान गर्नुपर्छ ।

तथापि यस ठाउँलाई नियन्त्रण गर्ने कुनै नियमहरू छैनन्। खासगरी रूसले कोरियाको वायु रक्षा क्षेत्रलाई मान्यता दिँदैन भने बेइजिङले पनि यो क्षेत्रिय नभएर सबैको क्षेत्र भएको भन्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ