arrow

चार हजार मत गन्न बाँकीः सञ्चारमन्त्री कार्की १३६ मतले अगाडि, पछ्याउँदै कुसियैत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
sunsari-4.jpg

काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट झिनो मतले अगाडि रहेका छन् । उनलाई एमालेका जगदीश कुसियैतले पछ्याइरहेका छन् । सुनसरी ४ को मतगणना अन्तिमतिर आइपुग्दा मन्त्री कार्की कुसियैतभन्दा १३६ मतले अगाडि छन् । कार्कीले २७ हजार ५८२  र कुसियैतले २७ हजार ४४६ मत पाएका छन् । 

अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कुसियैतलाई पछाडि पार्दै कार्की विजयी भएका थिए । तर यसपटक माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि कार्कीलाई चुनाव जित्न निकै सकस परिरहेको छ ।

अब करिब चार हजार मत गन्न बाँकी छ । त्यसैले अहिले नै कसले जित्छ भन्ने अनुमान गर्न कठिन छ । 

बहालवाला पाँच जना मन्त्री पराजित भइसकेका अवस्थामा कार्कीमाथि दबाब छ । यसअघि नै गृहमन्त्री बालकृष्ण खाँण, खानेपानीमन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुषाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ