arrow

एकै दिन थपिए सात कोरोना संक्रमित, डेंगीको त्रास अझै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
corona-omicron-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालमा आज थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ४ सय ५४ पीसीआर परीक्षणका क्रममा ४ जना र १ हजार २ सय २३ एन्टीजेन परिक्षणका क्रममा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप ३० संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ७८ सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।

त्यसैगरी डेंगी रोग ७७ वटै जिल्लामा फैलिएको छ । गत साउनदेखि अहिलेसम्म ५२ हजार ५५७ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

तर मन्त्रालयको पहुँचभन्दा बाहिर हजारौं संक्रमित भएको दाबी गरिएको छ । अहिलेसम्म डेंगीबाट ६० जनाको ज्यान गइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ