arrow

विद्यालयमा बम विष्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
afghanistan-school-blasting.jpg

काठमाडौं । उत्तरी अफगानिस्तानको सामंगन प्रान्तको एक धार्मिक विद्यालयमा भएको बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

प्रान्तीय प्रवक्ता इमदादुल्लाह मुहाजिरले बुधबार सामंगनको राजधानी अयबाकस्थित विद्यालयमा भएको विष्फोटमा कम्तीमा २० जना घाइते भएको बताएका छन् ।

'शहरको मध्यभागमा रहेको जहदिया मदरसाभित्र राति १२:४५ मा विस्फोट भएको थियो। यस मदरसा 'धार्मिक विद्यालय' मा धेरै छात्रहरु पढिरहेका छन्,'उनले भनेका छन् ।

तत्कालै कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएको छैन। घटनाबारे अनुसन्धान थालिएको मुहाजिरले बताएका छन् ।

सङ्घीय आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टाकोरले विस्फोटको पुष्टि गरे पनि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १० पुगेको र थप घाइते भएको बताएका छन् ।

'हाम्रा जासूस र सुरक्षा बलहरू यस अक्षम्य अपराधका दोषीहरूलाई पहिचान गर्न र उनीहरूलाई कानुनी दायरामा ल्याउन काम गरिरहेका छन्,' टकोरले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ