arrow

जेमिनको निधनप्रति यसो भन्यो सीसीपीले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
jiang-zemin-death.jpg

काठमाडौं । चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

जियाङको बुधबार दिउँसो स्थानीय समय अनुसार १२ बजेर १३ मिनेटमा सांघाई सहरमा ल्युकेमिया र बहुअंग विफलताका कारण मृत्यु भएको आधिकारिक सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

चिनियाँ सत्तारुढ कम्युनिष्ट पार्टी, संसद, मन्त्रिपरिषद् र सेनाले चिनियाँ जनतालाई संयुक्त पत्रमार्फत शो व्यक्त गर्दै भनेको छ, 'कमरेड जियाङ जेमिनको निधन हाम्रो पार्टी र हाम्रो सेना र हाम्रा सबै जातीय समूहका जनताको लागि अपूरणीय क्षति हो ।'

पत्रमा जियाङ जेमिनलाई उच्च प्रतिष्ठाको उत्कृष्ट नेता, एक महान मार्क्सवादी, राजनेता, सैन्य रणनीतिकार र कूटनीतिज्ञ र लामो समयदेखि परीक्षित कम्युनिस्ट लडाकुको रूपमा वर्णन गरिएको छ ।

चीन र विश्वभरका प्रमुख चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) र सरकारी भवनहरूमा झण्डा आधा झुकाइने सरकारी सञ्चारमाध्यमले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ