arrow

एमालेका अन्सारीलाई पछि पार्दै कांग्रेसका मन्सुरीले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
mansuri.jpg

सुनसरी । नेकपा (एमाले)का हाजी अब्बास अन्सारीलाई पछि पार्दै कांग्रेसका हाजी इसराइल मन्सुरी विजयी भएका छन् । सुनसरी क्षेत्र नं ४(ख) मा लोकतान्त्रिक-वामगठबन्धनका उम्मेदवार मन्सुरी विजयी भइका हुन् । 

अन्तिम मतपरिणामअनुसार कांग्रेसका मन्सुरीले एमालेका अन्सारीलाई दुई हजार एक सय १५ मतान्तरले हराए । 

 मन्सुरीले १४ हजार तीन सय मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका अब्बास अन्सारीले १२ हजार एक सय ८५ प्राप्त गरे । 

विजयी भएका मन्सुरी मुस्लिम सङ्घ प्रदेश–१ का सभापति तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ४ का सदस्य हुन् । प्रदेशसभामा ३९ हजार सात सय २४ खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ