arrow

पछि परे सञ्चारमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
sunsari-4.jpg

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार तथा बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ मा पछाडि परेका छन् । 

सुनसरी ४ को मतगणना अन्तिमतिर आइपुग्दा मन्त्री कार्कीलाई नेकपा एमालेका जगदीश कुसियैतले ८२ मतले पछाडि पारेका छन् ।

१३६ मतले अगाडि रहेका कार्कीसँगको मतान्तर घटाउँदै कुसियैत अघि लागेका हुन् । 

एमाले उम्मेदवार कुसियैतले २९ हजार ७ सय ९४ मत ल्याउँदा मन्त्री कार्कीले २९ हजार ७१२ पाएका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ९ सय ५२ मत, राप्रपाका विद्यानन्द यादवले २ हजार ८ सय ५५ मत ल्याएका छन् ।

बहालवाला पाँच जना मन्त्री पराजित भइसकेका अवस्थामा कार्कीमाथि दबाब छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ