arrow

छ प्रदेशमा एमाले अगाडि, एकमा कांग्रेस

प्रतिनिधिसभाको यस्तो छ मतपरिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
samanupatik-pratinidhisabha-final-2079.jpg

काठमाडौं । प्रदेशसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अगाडि रहेको छ । हाल सम्मको मत परिणाम अनुसार सात प्रदेश मध्ये छ प्रदेशमा नेकपा एमाले अगाडि रहेको हो । एक प्रदेशमा नेपाली कांग्रेसको अग्रता रहेको छ । 

एमाले प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पहिलो स्थानमा छ । नेपाली कांग्रेस मधेस प्रदेशमा अगाडि छ । 

प्रदेश नं १ मा एमालेले ६ लाख ३० हजार ३४३, कांग्रेसले ५ लाख ३० हजार २७५, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९० हजार ८७४, माओवादी केन्द्रले १ लाख ७७ हजार २७९ मत प्राप्त गरेको छ । 

मधेसमा कांग्रेसले ३ लाख ८६ हजार २९३, एमालेले ३ लाख ४३ हजार ७२८, जनमत पार्टीले ३ लाख ०७ हजार ५३०, जसपा नेपालले २ लाख ८७ हजार ८४६, माओवादी केन्द्रले १ लाख ७८ हजार ९३६, एकीकृत समाजवादीले १ लाख १२ हजार २६४ र लोसपा नेपालले १ लाख १० हजार ८५२ मत प्राप्त गरेको छ । 

बागमतीमा एमालेले ५ लाख ५४ हजार १००, कांग्रेसले ४ लाख ६३ हजार १३८, माओवादी केन्द्रले २ लाख ६९ हजार २१५ र राप्रपाले २ लाख ६६ हजार ५२४ मत छ । 

गण्डकी प्रदेशमा एमालेले ३ लाख ४२ हजार ८७२, कांग्रेसले ३ लाख १९ हजार ४०९ र माओवादी केन्द्रले १ लाख १५ हजार ४०८ मत प्राप्त गरेको छ । 

लुम्बिनीमा एमालेले ५ लाख ७० हजार ९२१, कांग्रेसले ४ लाख ९९ हजार ९८६, माओवादीले १ लाख ९८ हजार ४५०, राप्रपाले १ लाख २७ हजार ४५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५२१ पाएको छ । 

कर्णालीमा एमालेले १ लाख ८३ हजार ९५०, कांग्रेसले १ लाख ७० हजार ७५६ र माओवादीले १ लाख ३७ हजार ६२९ मत पाएको छ । 

सुदूरपश्चिममा एमालेले २ लाख ४८ हजार ८४०, कांग्रेसले २ लाख ४३ हजार ३९ र माओवादी केन्द्रले १ लाख १८ हजार ९०३ मत प्राप्त गरेका छन् । 

त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि नेकपा (एमाले) को अग्रता छ । हालसम्मको एक करोड एक लाख ७५ हजार ८९५ मत गणना हुँदा एमालेले २७ लाख २२ हजार ८३३, कांग्रेसले २५ लाख ८६ हजार ६८०, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५३ हजार ५१६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार ७९०, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार ४०६, जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४, जनमत पार्टीले ३ लाख ७६ हजार २११, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९० हजार १९९ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३९ मत प्राप्त गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ