arrow

दार्चुलामा १० हजार बढी मत बदर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
darchula-vote.jpg

दार्चुला । दार्चुलामा प्रत्यक्ष र समानुपातिक गरेर १० हजार बढी मत बदर भएका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार जिल्लामा १० हजार २५१ मत बदर भएका हुन् । 
 
प्रत्यक्षतर्फको ३ हजार ८२९ र समानुपातिकतर्फका ६ हजार ४२२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिए । प्रतिनिधि सभाको एक र प्रदेशसभाको दुई निर्वाचन क्षेत्र रहेको दार्चुलामा प्रतिनिधिसभामा १ हजार ९४० र प्रदेश सभामा १ हजार ८८९ मत बदर भएको छ । त्यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभामा २ हजार ६९७ मत बदर भएका छन् भने प्रदेशसभामा ३ हजार ७२५ मत बदर भएका छन् ।

जिल्लामा कूल ८९ हजार १५४ मतदाता रहेकामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ हजार ६६३ र प्रदेशसभाको प्रत्यक्षतर्फ ५७ हजार ८१४ मत खसेको थियो । यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ ५७ हजार ८३२ र प्रदेशसभाको समानुपातिकतर्फ ५८ हजार ८६० मत खसेको थियो । मतदाता शिक्षाको अभावमा जिल्लामा बढी मत बदर भएको पाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ