- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ अगाडि लागेका छन् ।
उनका प्रतिस्पर्धी एमालेकी सचिव पद्माकुमारी अर्याल पछि परेकी छिन् ।
स्याङ्जा क्षेत्र नं २ को मतगणना अनुसार कांग्रेस उपसभापति ६५४ मतले अगाडि रहेका छन् ।
कांग्रेस उम्मेदवार गुरुङ ३ हजार ९०१ मत पाएका छन् ।
एमालेकी उम्मेदवार अर्यालले ३ हजार २४७ मत पाएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६१ मत ल्याएका छन् ।
अहिले गल्याङ नगरपालिकाको ६ र ७ तथा भीरकोट नगरपालिकाको ५,६,७ र ८ मत गणना भएको छ ।
स्याङ्जा क्षेत्र नं २ मा ७० हजार १९१ मत खसेको छ ।