- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । 'यो अनन्त, ठूलो सङ्ख्याको प्रवाह जस्तो लाग्छ जुन हाम्रो आपत्कालीन डिपार्टमेन्टबाट आइरहेको छ । बाहिरी अस्पतालहरूबाट फोन कलहरू पनि उत्तिकै आइरहेका छन्,' लस एन्जकलसको एक बाल अस्पतालकी इन्टेन्सिभ केयर युनिट (आईसीयु)की नर्सले भनेकी छन् ।
'आरएसभी' वा 'रेस्पिरेटरी सिन्सिटियल भाइरस' एक सामान्य भाइरस हो जुन मुख्यतया प्रत्यक्ष सम्पर्क वा खोकी मार्फत फैलिन्छ। यसले सामान्यतया हल्का लक्षणहरू देखाउने भए पनि साना बच्चाहरू र वृद्ध मानिसहरूका लागि खतरनाक हुने गर्छ ।
अमेरिकामा देशभरिकै बाल अस्पतालहरू कोभिड-१९को महामारी सुरु भएका बेलाको अवस्था झैँ बिरामी बालबालिकाहरूले भरिँदै गएका छन् ।
१२ वर्षदेखि बाल चिकित्सा नर्सको रूपमा काम गरिसकेकी सातोले अहिलेसम्म यति धेरै सङ्ख्यामा आरएसभीका केसहरू कहिल्यै नदेखेको बताइन् ।
अहिले पर्याप्त कर्मचारी र आईसीयु बेडको अभावका कारण बिरामी बालबालिकाहरूलाई बाहिर नै हेर्नुपर्ने स्थिति रहेको उनले बताइन् ।
विगतमा श्वासप्रश्वास रोगका बिरामीहरू भर्ना हुनेहरूमध्ये ५० देखि ६० प्रतिशत रहेकोमा यस वर्ष ७० प्रतिशत पुग्ने उनको भनाइ छ ।