arrow

'प्रधानमन्त्रीको उम्मेदवार मै हो, सभापतिले सल्लाह गरौला भन्नुभएको छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
sher-bahadur-and-ramchandra-paudel.jpg.jpeg

चितवन । प्रधानमन्त्रीमा आफ्नो दाबेदारी रहेको बताएर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चर्चामा रहेका छन् । 

पौडेलले सभापति शेरबहादुर देउवाले आफ्नो प्रस्तावलाई सहज रूपमा लिएको बताएका छन् । चितवन पुगेर पौडेलले भने, 'पार्टी सभापतिले मेरो प्रस्तावलाई सहज रूपमा नै लिनुभएको छ । सल्लाह गरौला भन्नुभएको छ । सल्लाह हुन्छ ।' 

पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले बताए । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ । 'सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरू साथीहरू पनि खुला हुनुहुन्छ । तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो ।' 

 प्रधानमन्त्रीमा आफ्नो दाबेदार गर्दै उनले भने, 'म प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ