- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।
मन्त्री कार्की ११२ मतले नेकपा (एमाले)का जगदीश प्रसाद कुसियैतलाई हराउँदै विजयी भएका हुन् ।
कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका थिए।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विध्यानन्द यादवले ३ हजार २२४ मत पाएका छन् ।