arrow

स्माटच्वाईस टेक्नोलोजिज र शुलभ पेबीच सम्झौता, स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
sct-ime-pay-sulav-pay-2022.jpg

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र शुलभ पे (एन क्याश वालेट)बीच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ।

राजधानी काठमाडौँमा बुधवार आयोजित एक कार्यक्रमकाबीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पेका तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

विगत २० वर्षदेखि कार्ड लगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय शुलभ पे (एन क्याश वालेट) बीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा कम्पनीले लिइएको छ।

यस सम्झौता पछि शुलभ पे (एन क्याश वालेट) प्रयोगकर्ताले शुलभ पे वालेट मार्फत स्मार्ट क्युआर मर्चेन्ट हरुलाई भुक्तानी गर्न सक्ने छन् भने शुलभ पे मार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्युआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्विच मार्फत कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले स्मार्ट क्युआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।



नयाँ