arrow

गुरुङले फराकिलो बनाए मतान्तर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
dhanraj-padma.jpg

काठमाडौं । स्याङजा निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।  

मतगणनाको सुरुमा पछि परेका गुरुङले एमालेकी सचिव पद्मा अर्याललाई पछाडि छोड्दै अग्रता कायम गरेका हुन् । 

हाल कांग्रेस उम्मेदवार गुरुङ एमाले उम्मेदवार अर्याल भन्दा १ हजार ३२७ मतले अगाडि रहेका छन् । 

५ हजार ३१४ मतका साथ  गुरुङ पहिलो स्थानमा छन् भने ३ हजार ९८७ मा ल्याएर अर्याल पछ्याइ रहेकी छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ १ हजार ३८४ मत ल्याएर तेस्रो स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ