arrow

संसदीय दलको नेता सर्वसम्मति चयन वा निर्वाचन के गर्ने भन्ने विषयमा छलफल हुन्छ : शेखर कोइराला

कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
shekar-biratnagar.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेस संसदीय दलको नेता सर्वसम्मति वा निर्वाचन के गर्ने भन्ने विषयमा छलफल हुने बताएका छन् । 

कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले संसदीय दलको नेताको सर्वसम्मति चयन अथवा निर्वाचन के गर्ने भन्ने विषयमा पार्टी सभापति र पार्टीका साथीसँग सल्लाह गरेर निर्णय गरिने बताए । 

 कोइरालाले काठमाडौं आएपछि सभापति, वरिष्ठ नेता सबैसित छलफल हुने बताए । कोइरालाले भने 'म सभापति र अन्य नेताहरूसँग छलफल गर्नेछु।' 

उनले कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने बताए । उनले  नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी )सहित थप अन्य दल सरकारमा सहभागी हुने दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ