arrow

जर्मनी र बेल्जियमको परीक्षा, जापान-स्पेन-कोस्टारिका तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
gearman-team.jpg

काठमाडौं । कतारमा जारी पुरुष विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत दुई समूहका अन्तिम चरणका खेलहरू बिहीबार राति र शुक्रबार बिहान हुँदै छन्। समूह 'ई'का दुई खेलहरू कोस्टारिका-जर्मनी र स्पेनले जापानको सामना गर्ने छ। त्यसैगरि समूह 'एफ'मा मोरक्को-क्यानाडा र बेल्जियम-क्रोएसिया भिड्दै छन्।

समूह 'ई'का खेलहरू रोमाञ्चक हुने छन्। चार टोलीमा सबै टोली दोस्रो चरणका लागि तयार रहका छन्। स्पेनलाई एक अङ्क चाहिएको छ भने जापानलाई जितले स्थान पक्का गर्ने छ भने बराबरीले जर्मनी-कोस्टारिकाको परिणाममा निर्भर रहने छ। जापान र कोस्टारिकाले आ-आफ्नो खेल जिते स्पेन र जर्मनी बाहिरिने छन्।

जर्मनीले कोस्टारिकालाई हराउँदा स्पेनले जापानलाई पराजित गरेमा स्पेन र जर्मनी दोस्रो चरण प्रवेश गर्ने छन्। जापानले स्पेनलाई पराजित गर्दा जर्मनीले कोस्टारिकालाई हराएमा स्पेन र जापान दोस्रो चरणमा पुग्ने छन्। जर्मनी बाहेक तीन वटै टोलीलाई जीतले दोस्रो चरण निश्चित गर्ने छ।

समूह 'एफ'ट क्यानडा बाहिरिइसकेको छ भने तीन वटा टोलीको दोस्रो चरणमा प्रवेश पाउने सम्भावना रहेको छ। क्रोएसिया र मोरोक्को २ खेलमा ४ अङ्क सहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् भने बेल्जियम तीन अङ्क सहित तेस्रो स्थानमा रहेका छन्।

क्रोएसियालाई १ अङ्कले दोस्रो चरणमा पुर्‍याउने छ । क्रोएसिया र बेल्जियमको खेल बराबरीमा सकिए मोरोक्को एक अङ्कका साथ दोस्रो चरण प्रवेश गर्ने छ। बेल्जियम दोस्रो चरण प्रवेश गर्नका लागि जित आवश्यक रहेको छ।बेल्जियमले जित्दा क्यानडाले मोरोक्क्कोलाई पराजित गरे क्रोएसिया गोलान्तरका आधारमा माथि उक्लिने सम्भावना रहन्छ ।

समूह'एफ'का खेलहरू बिहीबार राती ८:४५ बजे हुनेछन् भने समूह 'ई'का खेलहरू शुक्रवार बिहान ००:४५ बजे हुनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ