arrow

एसियाली भन्दै ६७ वर्षीया महिलालाई १२५ मुक्का हान्ने पुरुषलाई साढे १७ वर्ष जेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
usa-anti-asian-crime.PNG

काठमाडौं । न्युयोर्कको योन्कर्समा एउटी वृद्ध एसियाली महिलालाई १०० भन्दा बढी पटक मुक्का हानेर उनको शरीरमा जुत्ता बजार्दै थुक्ने पुरुषलाई साढे सत्र वर्षको जेल सजाय सुनाइएको छ ।

'आज हामीले वेस्टचेस्टर काउन्टीमा देखेका सबैभन्दा हिंसक र चकित पार्ने घृणित अपराधहरू मध्ये एउटाको अध्याय बन्द गगरेका छौं,' मंगलबार सजाय सुनाउँदै वेस्टचेस्टर काउन्टी जिल्ला न्यायधिवक्ता मिरियम रोकाहले पत्रकार सम्मेलनमा भनेकी छन् ।

४२ वर्षीय तामेल एस्कोले सेप्टेम्बरमा अभियोजनकर्ताहरूसँगको बयानमा घृणित अपराधको रूपमा आक्रमण गरेको स्वीकार गरेका थिए। उनलाई राज्य जेलमा १७.५ वर्षको सजाय सुनाइएको छ र रिहाइ पछि पाँच वर्षको सुपरिवेक्षण समय रहनेछ ।

योन्कर्स पुलिस द्वारा पोस्ट गरिएको घटनाको ग्राफिक निगरानी भिडियोले मार्च ११ को क्रूर आक्रमणमा ६७ वर्षीय फिलिपिनो मूलकी महिलालाई एस्कोको छेउमा हिंड्दा एशियन बीच भन्दै यी पुरुषले आक्रमण गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ