arrow

बाजुरामा मतगणना सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
election-bajura-congerss-uml.jpg
फाइल तस्बिर

काठमाडौँ। बाजुरामा बिहीबार अपराह्नदेखि मतगणना सुरु भएको छ। बिहीबार बसेको सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

गत मङ्सिर ४ गते भएको आम निर्वाचनका क्रममा भएको विवादका कारण हालसम्म मतगणना कार्य सुरु हुन सकेको थिएन। निर्वाचन आयोगको टोलीले निर्वाचनका क्रममा भए गरेका घटनाबारे जाँचबुझ गरी प्रतिवेदन पेस गरेपछि मतगणना गर्न आयोगले निर्देशन दिएको थियो।

बुधवार नै आयोगले मतगणना गर्न निर्देशन दिए पनि दलहरू सहभागी नभएपछि मत गणना सुरु भएको थियो। बिहीबार भने दलहरूबीच सहमति भएपछि मतगणना सुरु गरिएको हो। न्युज कारखानाबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ