arrow
ADVERTISEMENT

नवलपुर जिप दुर्घटनामा चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
nawalpur-accident.jpg

 कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिका -५ स्थित कान्छी पानी भित्री सडक खण्डमा मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 

दलदलेबाट डेडगाउँ जाँदै गर्दा ग.प्र ०७ ००१ ज ०००६ नं.को बोलेरो जिप सडकबाट करिब १५० मिटर तल खसेर दलदलेबाट डेडगाउँ जाँदै गर्दा धोबादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो । 

बिहीबार साँझ भएको दुर्घटनामा परेर मृत्यु हुनेहरूमा बुलिङटार ६ का होमबहादुर रानाभाट, बुलिङटार ५ कि मनसुभा बराल, बौदीकाली-२ कि केसरी दराई र ठेगान नखुलेका यामबहादुर ठाडा रहेको प्रमुख तिवारीले जानकारी दिए ।

त्यसै गरि दुर्घटनामा घाइते भएका जिप चालक दुर्गा बहादुर बिरकट्टा, फुलमाया कुमाल, सुनिता रानाभाट , निश्छल रानाभाट खेमचन्द्र दराई,सिजन दराई, सुना सुनार र उत्तम खत्रीलाई उपचारको लागि अस्पताल पठाइएको र सामान्य घाइते धनजित नेपाली र देवबहादुर नेपालीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको तिवारीले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ