arrow

कांग्रेस उपसभापति र एमाले सचिवबीच प्रतिस्पर्धा :  कसको कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
dhanraj-padma.jpg

काठमाडौं । मङ्सिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनको मतगणमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ शीर्षस्थानमा छन् । 

स्याङ्जा निर्वाचन क्षेत्र नं २ मा कांग्रेसबाट उम्मेदवार बनेका गुरुङ दुई हजार बढी  मतान्तरले अगाडि रहेका छन् । 

एमालेकी उम्मेदवार पद्मा अर्याल भन्दा कांग्रेसका गुरुङ दुई हजार ४१८ मतान्तरले अगाडि रहेका छन् । 

गुरुङ ११ हजार ९२० मतका साथ पहिलो स्थानमा छन्।  नौ हजार ५०१ मत ल्याएर अर्याल पछ्याइ रहेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् ।

गुरुङ  नेपाली कांग्रेसका उपसभापति हुन् भने अर्याल एमालेकी सचिव हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ