arrow

दोलखामा मतगणना जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
election-2079 hamra.jpg

दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि९ बजेबाट सुरू भएको मतगणना जारी छ । 

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको गौरीशङ्कर क्याम्पसमा मतगणना भइरहेको हो । बिहीवारप्रतिनिधिसभा सदस्यको मतगणना र आजबाट प्रदेशसभा सदस्यको पनि मतगणना गर्न शुरू गरिने जनाइएको छ । 

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्की, नेकपा (एमाले) बाट बालकृष्ण शिवाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो भने जिल्लाको बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान सम्पन्न भएको थियो । 

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । 

कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् । 



नयाँ