arrow

बेलायत बहिर्गमनपछि पनि युरोपियन युनियन चल्छः आयोग प्रमुख जङ्कर

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
108491694_EU-Commission-President-juncker-news-large_trans++eo_i_u9APj8RuoebjoAHt0k9u7HhRJvuo-ZLenGRumA.jpeg
स्ट्रासबर्ग (फ्रान्स)। युरोपियन आयोगका प्रमुख जिन क्लाउड जङ्करले एक आह्वान विज्ञप्ति प्रकाशित गरी बेलायतको बहिर्गमनपश्चात् युरोपेली सङ्घको भविष्य कदापि जोखिममा नपरेको जनाउँदै बाँकी सबै राष्ट्रहरु थप एकवद्ध भइ सँगसँगै काम गर्ने आवश्यकता रहेको बताएका छन् । 
 
आर्थिक र सुरक्षाको राजनीतिलाई सबैको साझा हितका लागि अगाडि बढाउन र केही महिनायता झाङ्गिएको नीजी राष्ट्रवादका विरुद्ध साझा राष्ट्रवादको अवधारणाको हतियार लिइ सङ्घर्ष गर्नु अत्यावश्यक भएको पनि उनले बुधवार बताए । 
 
“युरोपियन युनियन अझैसम्म पनि पर्याप्त सङ्गठीत छैन,” जङकरले भने , “हामी अझ बलिष्ठरुपमा सङ्गठित हुन आवश्यक छ ।” 
 
स्लोभाकियाको राजधानी ब्रटिस्लाभामा हुनलागेको बेलायत बाहेकका इयुका २७ नेताको वैठकको दुइदिन अगाडि उनको यस्तो भनाइ सार्वजनिक भएको हो । बेलायत बाहिरिएपछिको इयुको मार्गचित्र बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताइएको छ । 
 
“बेलायतको निर्णयप्रति हाम्रो सम्मान र पश्चाताप दुवै छ,” लक्जम्बर्गका पुर्वप्रधानमन्त्री समेत रहेका जङकरले भने । उनले सन् २०२२ सम्ममा आर्थिक विकासका लागि ६३० अर्ब युरो लगानी गर्ने प्रस्ताव पनि गरेका छन् । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ