arrow

बाजुरामा कांग्रेसका बद्री १३ सय मतले अघि, पछ्याउँदै एमालेका कर्ण

कर्णसँग बद्रीको १३ सयको मतान्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
election-bajura-congerss-uml.jpg

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता फराकिलो बनाएका छन्। 

हालै सार्वजनिक भएको मत परिणाम अनुसार कांग्रेसका पाण्डे नेकपा एमालेका कर्ण थापा भन्दा करिब १३  मतले अगाडि रहेका छन् । 

बिहीबार बेलुकादेखि सुरु भएको मतगणनामा पाण्डेले ५ हजार ४१९ मत ल्याएका छन् । थापाले ४ हजार १२९ मतका साथ पछ्याइरहेका छन् ।

यहाँ नेकपा एमालेका कर्ण थापा र कांग्रेसका पाण्डेबीच मुख्य प्रतिस्पर्धी हुँदै छ । दुई बीच १२ सय ९० मतको अन्तर छ । 

साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका जंगकुमार गिरीले २२ मत स्वतन्त्र टेकबहादुर बडुवालले २१ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ