arrow

मेस्सीको पेनाल्टी 'मिस' : अर्जेन्टिनाले जित्ला तेस्रो पटक विश्वकप ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
messi-penalty.jpg

काठमाडौं । कतार विश्वकपमा डिफेन्डिङ च्याम्पियन फ्रान्स, अर्जेन्टिना, ब्राजिल, इङ्गल्यान्ड र स्पेन जस्ता टिमलाई उपाधिको दाबेदार मानिएको छ । यसैबीच लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको टोलीका लागि अनौठो संयोग घटेको देखिन्छ । यदि यो संयोग साँचो हो भने यस पटक मेस्सीको टोलीले तेस्रो पटक उपाधि जित्न सक्छ । मेस्सीसँगको यो अनौठो संयोग पेनाल्टीको सन्दर्भमा बनेको हो । यस विश्वकपमा अर्जेन्टिनाले समूह ‘सी’ मा आफ्नो अन्तिम खेल पोल्याण्डसँग २-० ले जितेको थियो ।

तेस्रो खेलमा लियोनल मेस्सीले पेनाल्टी अवसर पाए पनि गोलमा परिणत गर्न सकेनन् । मेस्सी अहिले अर्जेन्टिनाका स्टार खेलाडीमध्ये एक हुन् । त्यस्तै अर्जेन्टिनाको यात्रा सन् १९७८ र १९८६ को विश्वकपमा थियो । त्यस बेला पनि यस टोलीको तेस्रो खेलमा दुई स्टार खेलाडी मारियो केम्पेस (१९७८) र डिएगो म्याराडोना (१९८६) ले पेनाल्टी मिस गरेका थिए । त्यस समय १९७८, १९८६ मा अर्जेन्टिनाले उपाधि कब्जा गर्‍यो। यस पटक पनि तेस्रो खेलमा मेस्सीले पेनाल्टीमा गोल गर्न चुकेका छन् ।

अनौठो संयोग
१९७८ मा मारियो केम्पेसले तेस्रो खेलमा पेनाल्टी मिस गरे - अर्जेन्टिना फाइनलमा च्याम्पियन भयो ।
१९८६ मा म्याराडोनाले तेस्रो खेलमा पेनाल्टी मिस गरे - अर्जेन्टिना फाइनलमा च्याम्पियन बन्यो ।
२०२२ को तेस्रो खेलमा लियोनल मेस्सीले पेनाल्टी मिस गरे - अर्जेन्टिना टोलीको यात्रा जारी छ ।

अहिलेसम्म अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा उपाधि जितेको छ । जबकि मेस्सीको टोली फाइनलमा पुगेर तीन पटक (१९३०, १९९०, २०१४) उपाधि जित्नबाट चुक्यो । यो टोली तीन पटक उपविजेता भएको थियो। पछिल्लो विश्वकप २०१८ मा अर्जेन्टिनाको टोली १६ औं स्थानबाट बाहिरिएको थियो ।

यस पटक फिफा विश्वकपमा अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहँदै प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ । उसले समूहको तेस्रो खेलमा रोबर्ट लेवान्डोस्कीको टोली पोल्याण्डलाई २-० ले हराएको थियो । अब सुपर-१६ मा अर्जेन्टिनाले डिसेम्बर ४ मा समूह ‘डी’ को दोस्रो टोली अष्ट्रेलियासँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ