arrow

अर्यालले घटाइन् मतान्तर, गुरुङको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
dhanraj-padma.jpg

काठमाडौं । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । 

कांग्रेस उपसभापति गुरुङ आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पद्माकुमारी अर्यालभन्दा १ हजार ४३५ मतले अगाडि छन् । 

एमालेकी अर्यालले मतान्तर घटाएकी हुन् यसअघि उनी दुई हजार चार सय १८ मतले पछाडि थिइन् । 

केही बेर अघि सम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले १३ हजार २४० मत प्राप्त गर्दा एमालेकी अर्यालले ११ हजार ८०५ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले पाँच हजार ८७६ मत प्राप्त गरेका छन् । कुल ७० हजार एक सय ९१ मत खसेको छ ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भिरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३, १४ मतगणना सकिएको छ । 

स्याङ्जा क्षेत्र नं २ को प्रदेशसभा क मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ