- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दोलखा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीको अग्रता कायमै छ ।
हालसम्मको मतगणनामा कार्की उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटी भन्दा १४ सय १६ मतले अगाडि छन् ।
पछिल्लो समय शिवाकोटीले मतान्तर घटाउँदै लगेका छन् । यसअघि शिवाकोटी १७ सय ४१ मतले पछाडि थिए ।
गणनामा कार्कीले ४ हजार १०५ मत प्राप्त गरेका छन् भने शिवाकोटीले २ हजार ६८९ मत प्राप्त गरेका छन् ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १३५ मत ल्याएका छन् ।