arrow

क्रिष्टियानोलाई म्यानचेस्टरको भन्दा ५ गुणा बढी तलब दिने साउदीको प्रस्ताव

८१ अर्ब ५३ करोड दिने वाचा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
ronaldo-portugal-world-cup-2022.jpg

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोलाई साउदी अरेबियाको एक क्लबमा आबद्ध हुन प्रस्ताव आएको छ । 

साउदी प्रोफेशनल लिगमा विश्वभरका धेरै स्टार फुटबलरहरू ठूलो रकममा खेलिरहेका छन् । यस लिगको अल नासर क्लबले रोनाल्डोलाई उनीहरूसँग सामेल हुन प्रस्ताव गरेको हो।

नासरले क्रिष्टियानो रोनाल्डोलाई हरेक सिजनका लागि २० करोड युरो अर्थात् ३ वर्षसम्म ६० करोड युरो (८१ अर्ब ५३ करोड ८८ लाख नेपाली रुपैयाँ) दिने वाचा गरेको छ ।

नासरले क्रिष्टियानो रोनाल्डोलाई २०२३ देखि २०२५ सम्मको लागि यो अफर गरेको हो । 

हालै म्यानचेस्टर युनाइटेड छोडेका क्रिष्टियानो रोनाल्डोले यसबारे कुनै निर्णय गरेका छैनन् । 

क्रिष्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा वार्षिक करिब २६ मिलियन युरो (३ अर्ब ५३ लाख नेपाली रुपैयाँ) पाइरहेका थिए भने साउदी अरेबियाको क्लबले उनलाई ५ गुणा बढी तलब प्रस्ताव गरेको छ ।

हाल रोनाल्डो कतारमा फिफा विश्वकप खेलिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ