arrow

दोलखा:  प्रतिनिधिसभा  र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
dolakha-election-2079-gathabandhan.jpg

दोलखा। प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीको अग्रता कायमै रहेको छ ।  हालसम्म आठ हजार आठ सय ९७ मतगणना हुँदा उनले पाँच हजार ३५ मत प्राप्त गरेका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले दुई हजार नौ सय २८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

जिल्लाको प्रदेशसभा (१) मा आठ हजार एक सय ४३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले चार हजार तीन सय ४२ मत तथा एमालेका नरबहादुर श्रेष्ठले दुई हजार नौ सय ८३ मत ल्याएका छन् ।

प्रदेशसभा (२) मा छ हजार छ सय १६ मतगणना हुँदा कांग्रेसका वर्मा लामाले तीन हजार पाँच सय १५ तथा एमालेका भरत केसीले दुई हजार पाँच सय ६१  मत प्राप्त गरेका छन् । जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

जिल्लामा ९४ मतदान स्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ