arrow

ट्विटरले कान्ये वेस्टको खाता निलम्बन गर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
kim-kardashian-kanye-west.jpg

काठमाडौं । ट्विटर इंकले शुक्रबार कान्ये वेस्टको खाता निलम्बन फुकुवा गरेको दुई महिनापछि फेरि निलम्बन गरेको छ । 

ट्विटरका मालिक एलन मस्कले हिंसालाई उक्साउन निषेध गर्ने प्लेटफर्मको नियमहरू उल्लङ्घन गरेको बताएसँगै कान्ये वेस्टको अकाउन्ट निलम्बनमा परेको हो ।

आफूलाई स्वतन्त्र वाक् निरपेक्षवादी भन्ने मस्कले अक्टोबरमा प्लेटफर्ममा अहिले ये भनेर चिनिने र्‍यापरलाई फेरि स्वागत गरेका थिए ।

मस्कले बिहीबार सँझ ट्विट गर्दै भनेका छन्,'मैले सक्दो प्रयास गरेँ। त्यसको बावजुद, उसले फेरि हिंसा भड्काउने हाम्रो नियमको उल्लङ्घन गर्‍यो। खाता निलम्बन गरिनेछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ