arrow

गोरखाका होटल व्यवसायी मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
death photo.jpg

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ का एक होटल ब्यवसायी मृत अवस्थामा भेटिएका छन् ।

उनको शव बूढीगण्डकी नदी किनारमा फेला परेको हो । तीन दिनदेखि सम्पर्कबिहीन भएका धार्चे-५ माछाखोला स्थायी घर भएका पूर्णबहादुर गुरुङ शुक्रबार दिउँसो न्याकफेदी र पेवा बीचको पहिरोको फेदमा फेला परेको प्रहरीले जनाएको छ ।

पर्यटन सिजन सकिएपछि होटल बन्द गरेर उनी तीन दिनअघि घर जान भनी हिँडेका थिए ।

बिगतदेखि ड्याङमा होटल ब्यवसाय सञ्चालन गर्दै आएका ४१ बर्षका गुरुङले यस बर्षदेखि होटल ब्यबसाय गर्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ