arrow

रोमाञ्चक खेलमा पोर्चुगललाई हराउँदै कोरिया दोस्रो चरणमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
qatar-worldcup-2022.jpg

काठमाडौं। कतारमा जारी विश्वकप फुटबल अन्त्रगत समूह 'एच'बाट पोर्चुगल र दक्षिण कोरिया क्रमशः पहिलो र दोस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन्। पोर्चुगललाई कोरियाले २-१ गोलले हराउँदै दोस्रो चरणमा आफ्नो स्थान पक्का गरेको हो।

समूह चरमा तीन खेलबाट ६ अङ्क ल्याउँदै पोर्चुगल पहिलो भएको हो भने तीन खेलमा ४ अङ्क सहित कोरिया दोस्रो भएको हो। उता अर्को खेलमा उरुग्वेले घानालाई पराजित गरेता पनि थोरै गोलको आधारमा तेस्रो स्थानमा चित्त बुझाउन परेको हो। उरुग्वेले पनि तीन खेलबाट ४ अङ्क प्राप्त गरेको थियो।

पोर्चुगल र कोरिया बीचको खेलमा ५औं मिनेटमा पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो। पोर्चुगलका रिकार्डो होर्टाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। खेलको२७औं मिनेटमा कोरियाका किम यङ्ग ग्वोनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। खेलको ९१औं मिनेटमा ह्वाङ्ग हि चानले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए। उक्त गोलका कारण कोरिया दोस्रो चरणमा प्रवेश गरेको हो।

उता अर्को खेलमा उरुग्वेलाई २-० गोलले पराजित गरे पनि दोस्रो चरणमा प्रवेश गर्न सकेन । खेलको २६औं र ३२औं मिनेटमा जी डे आरासकेताले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरेका थिए।

पोर्चुगलले समूह 'जी'को उपविजेतासँग खेल्ने छ भने कोरियाले उक्त समूहको विजेतासँग खेल खेल्ने छ। समूह 'जी' को खेल शनिवार विहान ००:४५ बजे हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ