- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्याङ्जा क्षेत्र नं २ (ख) मा नेपाली कांग्रेसका महेश भट्टराई अगाडि लागेका छन् ।
नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठलाई पछि पार्दै कांग्रेसका भट्टराई अघि लागेका हुन् ।
बिहान ५:२० सम्मको मत गणनामा महेश भट्टराई २३ मतको अग्रता बनाएका छन् ।
यसअघि कालीगण्डकी गाउँपालिकाका सात वटा वडाको मतगणना सकिँदा एमालेका श्रेष्ठ एक हजार ६४ मतले अगाडि थिए ।
कांग्रेसका उम्मेदवार महेश भट्टराईले ९ हजार ८६९ मत ल्याएका छन् ।
एमालेका बुद्धिमान श्रेष्ठले ९ हजार ८४६ मतका साथ पछ्याइ रहेका छन् ।