arrow

ब्राजिललाई क्यामरुनले हरायो

ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
brazil-camroon.jpg

काठमाडौं । ब्राजिललाई क्यामरुनले हराएको छ । कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १-० गोल अन्तरले पराजित भयो । 

खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए । क्यामरुनको जितका नायक भिन्सेन्ट अबोउबाकार बने । क्यामरुन विश्वकपको इतिहासमा ब्राजिललाई हराउने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । तर, यो जितपछि पनि क्यामरुनको टोली अर्को चरणमा पुग्न सकेन ।

ब्राजिल यसअघि नै प्रि-क्वार्टरफाइनलमा पुगिसकेको छ । ब्राजिलले २४ वर्षपछि समूह चरणको खेलमा हार बेहोरेको छ । यसअघि सन् १९९८ को विश्वकपमा नर्वेसँग १–२ ले पराजित भएको थियो । ब्राजिलले अब प्रि क्वार्टरफाइनलमा दक्षिण कोरियाको सामना गर्नेछ । क्यामरुनका लागि यो जीत अन्तिम १६ मा पुग्नका लागि पर्याप्त भएन ।

फिफा विश्वकप फुटबल २०२२ मा अन्तर्गत समूह जीको अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् ।

आज भएको दोस्रो खेलमा स्वीजरल्याण्डले सर्वियालाई ३-२ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । स्वीजरल्याण्डका लागि जेहेर्दान साकिरीले २०औं मिनेटमा गोल गर्र्दै अग्रता दिलाए भने सर्वियाका लागि एलेक्जेनडर मितरोभिकले २६औं मिनेटमा गोल गर्र्दै खेललाई बराबरीमा ल्याए । 

साथै, ३५औं मिनेटमा सर्बियाका लागि दुसान भोल्होभिकले गोल गर्दै २-१ गोल अन्तरले सर्बियालाई अग्रता दिलाए पनि स्वीजरल्याण्डका लागि खेलको ४८औं मिनेटमा ब्रिल एम्बोलो र रेमो फ्रेउलेरले क्रमशः ४४औं र ४८औं मिनेटमा गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र स्वीजरल्याण्ड जीतसँगै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ