arrow
ADVERTISEMENT

एकल पुरुषलाई भत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
new-money.jpg

चौतारा । सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । 

इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक रु पाँच सय भत्ता दिने भएको छ । 

गाउँपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । 

शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ । 

हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था दुःख लाग्दो देखिएपछि पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताए । 

हेलम्बु गाउँपालिकाले एकजनालाई रु पाँच सय दिने व्यवस्था गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ