arrow

स्याङ्जा २ मा धनराज गुरुङ साढे चार हजार मतले अघि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
dhanraj-padma.jpg

काठमाडौँ। सत्ता गठबन्धनबाट स्याङ्जा २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुङले मतान्तर बढाएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार काँग्रेसका उम्मेदवार गुरुङले निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई चार हजार ६ सय ३१ मतले पछाडि पारेका छन्।

पछिल्लो मतगणना अनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार चार सय एक मत ल्याएकी छिन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार ६ सय ६२ मत प्राप्त गरेका छन्।

अब चापाकोट नगरपालिका ५, ६, ७, ८, ९ र १० नम्बर जडाको मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

स्याङ्जा २ (ख) पनि काँग्रेस उम्मेदवार महेश भट्टराईले अग्रता बढाएका छन्। भट्टराई एक हजार नौ सय ६६ मतान्तरसहित अगाडि छन्। भट्टराईले १४ हजार सात सय १५ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार सात सय ४९ मत ल्याएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ