- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ। काँग्रेसका उम्मेदवार धनराज गुरुङ र एमाले उम्मेदवार पद्मा अर्यालबीचको मतान्तर ६ हजार ५४ रहेको छ।
गुरुङले २९ हजार ३३ मत ल्याउँदा अर्याल २२ हजार ९७९ मतसहित पछ्याइरहेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार ६६२ मत पाएका छन्।