arrow

स्याङ्जा २मा काँग्रेस उपसभापति धनराज गुरुङ विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
dhanraj-gurung-profile.jpg

पोखरा । स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ विजयी भएका छन्। उनले नेकपा एमालेकी सचिव पद्मा अर्याललाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। शनिवार साँझ सम्पन्न मतगणनामा धनराज र पद्माको मतान्तर ५६ सय २७ मतान्तरले पराजित गरेका हुन्।

धनराजले ३१ हजार ४६६ मत प्राप्त गर्दा पद्माले भने २५ हजार ८३९ मत ल्याएकी थिइन्। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङले ८१ सय १३ मत ल्याए। स्याङ्जा क्षेत्र न. १ बाट काँग्रेसकै राजु थापा विजयी भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ