arrow

अमेरिकालाई पराजित गर्दै नेदरल्याण्ड्स क्वार्टरफाइनल प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
Ned-usa-wc22.jpg
तस्विर साभार: फिफाडटकम

काठमाडौं। कतारमा जारी पुरुष विश्वकप फुटबल प्रतियोगिताको पहिलो 'राउण्ड अफ सिक्सटिन' खेलमा नेदरल्याण्ड्सले अमेरिकालाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

खेलको १०औं मिनेटम मेम्फिस डिपेको गोलले नेदरल्याण्ड्सले अग्रता लिएको थियो। पहिलो हाफको अतिरिक्त समयमा डेले ब्लिन्डले दोस्रो गोल गर्दै आफ्नो टोलीको अग्रतालाई दोब्बर पारेका थिए।

खेलको ७६औं मिनेटमा अमेरिकाका हाजी राइटले गोल गर्दै खेलमा फर्किने सङ्केत गरेका थिए। उनको गोलमा क्रिस्चियन पुलिसिचले असिस्ट गरेका थिए। खेलको दौरानमा अमेरिकाले केही राम्रा आक्रमण गरे पनि गोलमा परिणत गर्न नसक्दा नतिजा आफ्नो पक्षमा पार्ने सकेन।

नेदरल्याण्ड्सले आफ्नो अनुभवको प्रयोग गर्दै र अमेरिकी रक्षापंक्तिको गल्तीका कारण दोस्रो गोल गर्न सफल भएको थियो। त्यसैगरि खेलको ८१औं मिनेटमा डेन्जल डमफ्राइजले तेस्रो गोल गर्दै डच टोलीलाई ३-१को अग्रता दिलाएका थिए।

नेदरल्याण्डले गरेको तीन गोलमा डम्फ्राइजले १ गोल गर्नुका साथै दुवै गोलमा असिस्ट गरेका थिए। तेस्रो गोल अमेरिकाको रक्षापंक्तिको पूर्ण गल्तीका कारण भएको थियो। अमेरिकी टोली आफ्नो दोस्रो गोलको खोजीमा रहेको बेला डिएरिया भित्र डमफ्राईजलाई एक्लै छाडेका कारण उनले सजिलै गोल गर्न सकेका थिए।

खेलमा दुवै टोलीले केही राम्रा गोलका अवसरहरू सृजना गरे पनि गोलमा परिणत भएका थिएनन्। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ