arrow

दोलखामा एमाले लाग्यो अगाडि, सत्ता गठबन्धन पछाडि

दोलखामा एमालेका शिवाकोटी लागे अघि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
dolkha-election.jpg

दोलखा । दोलखामा नेकपा एमालेका बालकृष्ण शिवाकोटी अघि लागेका छन् । शिवाकोटीले सत्ता गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका गङ्गा कार्कीलाई पछि पार्दै अघि लागेका हुन् । 

हालसम्म कूल ३४ हजार ४८१ मतगणना हुँदा एमालेका शिवाकोटीले १५ हजार २६३ मत प्राप्त गरेका छन् । यता गठबन्धनबाट उम्मेदवार केन्द्रका कार्कीले १४ हजार ९८ मत प्राप्त गरेका छन् । दुबैबीच १ हजार १६५ मतको अन्तर छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २ हजार २१ मत राप्रपाका विजय खड्काले ५२९ मत पाएका छन् । 

दोलखाको प्रदेशसभा क मा २९ हजार ४८३ मतगणना हुँदा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १४ हजार ७५९ मत प्राप्त गरेका छन् एमालेका नरबहादुर श्रेष्ठले ११ हजार ५१७ मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ