arrow

३७ हजार मत गन्दा एमालेका शिवाकोटीले बढाए मतान्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
dolkha-election.jpg

दोलखा । दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर बढाउँदै लगेका छन् । 

३७ हजार मतगणना हुँदा एमालेका शिवाकोटीले माओवादी केन्द्रका गङ्गा कार्कीसँग मतान्तर बढाएर १६ सय पुर्‍याएका छन् । 
 
यसअघि ३४ हजार ४८१ मतगणना हुँदा दुबैबीच १ हजार १६५ मतको अन्तर थियो । 

अहिले ३७ हजार २२० मतगणना हुँदा एमालेका शिवाकोटीले १६ हजार ६२० मत प्राप्त गरेका छन् । 

यता गठबन्धनबाट उम्मेदवार कार्कीले १४ हजार ९३७ मत प्राप्त गरेका छन् । 

दुबैबीच १ हजार ६८३ मतको अन्तर छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २ हजार २२४ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ