arrow

माओवादीको दोहोरो स्वाभावः कांग्रेससँग बार्गेनिङ गर्ने प्रचण्डको संकेत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
prachanda-sher-bahadur.jpg
फाइल तस्विर।

काठमाडौं । गठबन्धनको बलमा निर्वाचन जितेको माओवादी केन्द्रले सरकार गठन गर्ने कांग्रेससँग बार्गेनिङ गर्न खोजिरहेको छ । शनिवार दिउसो बसेको सचिवालय बैठकबाट सरकार गठनमा सबै विकल्प खुला राख्ने भन्दै कांग्रेससँग बार्गेनिङ गर्ने प्रचण्डले संकेत गरेका छन् ।

कांग्रेस, नेकपा एस लगायतको मतले १७ सिट जितेपछि माओवादीका अध्यक्ष प्रचण्डले पाँच वर्षे सरकारमा आधा आधा कार्यकाल हुनुपर्ने र त्यसमा आफूले पहिले प्रधानमन्त्री बन्नु पाउनु पर्ने भन्दै पार्टीबाट सरकार गठनमा विकल्प खुला राख्ने निर्णय गराएर बार्गेनिङ गर्न खोजेका हुन् । 

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शनिवार मात्रै चिन उडेको सन्दर्भ पारेर प्रचण्डले बैठकबाट सत्ता गठबन्धनको टुल्सका रुपमा विकल्प खुला गरेका छन् । एक्ला एक्लै निर्वाचनमा गएको भए माओवादीले ७ सिट पनि निजित्ने अवस्थामा कांग्रेसको मतबाट १७ सिट हात पारेपछि उनले कांग्रेसलाई धम्क्याउन शुरु गरेका हुन् । यसअघि नै एमाले अध्यक्ष केपी शर्मा ओलीले शुभकामान दिन गरेको टेलिफोनको सन्दर्भलाई पनि बाहिर ल्याएर कांग्रेसलाई झट्का दिन खोजेका थिए । 

नेकपा एसले सत्ता गठबन्धन दलकै नेतृत्वमा नयाँ सरकार बन्नु पर्ने र त्यसलाई समर्थन गर्ने औपचारिक निर्णय गरिसकेको अवस्थामा माओवादीले भने यस्तो निर्णय गर्नुलाई बार्गेनिङ तहलाई बढाउनु मात्रै रहको नेकपा एसका केही नेताहरुले बताएका छन् । 

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले निर्वाचनमा सोचेजति नतिजा नआएको टिप्पणी गर्दै कांग्रेसले असहयोग गरेको आरोप पनि लगाएका थिए । प्रतिनिधिसभामा सोजेजति सिट नआएको बताएका थिए । ‘हामीले गठबन्धन गरेर राम्रै नतिजा आउँछ भन्ने थियो । सोचेजति सिट आएन,हामीले सोचेभन्दा १०–१२ सिट कम आयो । कांग्रेसबाट जति भोट ट्रान्सर्फर हुनुपर्ने हो भएन’, उनले बैठकमा भनेका थिए । 

शान्ति प्रकृयामा आएपछि करिब एक सयभन्दा बढी मन्त्री पाइसकेको माओवादीले आहिले पनि धेरै भन्दा धेरै मन्त्रालय लिने, राष्ट्रपति, सभामुख पनि लिने तथा सरकारको नेतृत्वमा दावी गर्ने गरी प्रस्तुत हुन खोजिरहेको छ । सत्ताको चुकुल आफूसँग रहेको जनाउदै माओवादीले एमाले र कांग्रेस दुवैसँग सरकार गठनबारे छलफल गर्न थालिसकेको संकेत गरेको छ । माओवादीले प्रत्यक्ष र समानुपातिकतर्फ गरी ३० सिट भन्दा बढी हुने भएपछि दुवै दलसँग बार्गेनिङ गर्ने कुनमा बढी हात लाग्छ उतै जाने गरी दोहोरो चरित्र प्रस्तुत गरेको छ ।  

एमाले अध्यक्ष ओलीले वाम एकताभन्दा पनि सहकार्यमा जोड दिएर प्रचण्डलाई फोन गर्दा उनी मख्ख परेर आफ्नो सचिवालयलाई प्रचार गर्न लगाएका थिए ।  गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलिफोनबाट बधाई दिने क्रममा एमाले अध्यक्ष ओलीले सरकार गठनमा सहकार्यको सम्भावनाबारे जिज्ञासा राखेको भन्दै प्रचण्डले प्रचार गर्न लगाएको ओलीको सचिवालयले जनाएको थियो । टेलिफोन कुराकानीमा प्रचण्डले ओलीलाई वाम एकताको पक्षमा उभिन आग्रह गरेका थिए । तर त्यो विषयमा भने प्रचण्डको सचिवालयले केही बताएको थिएन । 

यतिबेला समानुपातिकको नतिजा सार्वजनिक भएर नयाँ सरकार गठनको बेला प्रमुख पदहरुको टुंगो लगाउने अवस्थामा प्रचण्डले सबै दलसँग सहकार्य भन्दै पार्टीको निर्णय गराएर आफ्नो दोहोरो स्वाभावलाई फेरी पनि उजागार गराएको चर्चा राजनीतिक वृत्तमा चलेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ